कंगनाले किन गान्धीको मजाक उडाइन त ?

सहयात्रा टिभी

काठमाडौं मंसिर १, भारतको स्वतन्त्रता भिख मागेर पाएको हो  भन्ने भनाइपछिको विवाद सेलाउन नपाउँदै बलिउड अभिनेत्री कंगना रनौतले अर्को विवादस्पद भनाइ राखेकी छन् ।

कंगनाले महात्मा गान्धीको अहिंसाको मन्त्रको मजाक उडाइकी छन् । उनले मजाक उडाउँदै ‘दोस्रो गाला थाप्दा ‘भिख’ पाइने हो, स्वतन्त्रता होइन’ भनेकी छन् ।

यी त्यही व्यक्तिहरू हुन्, जसले हामीलाई सिकाए कि तपाईंलाई कसैले थप्पड हाने भने दोस्रो गाला पनि थाप्नु, यसरी तपाईंलाई स्वतन्त्रता प्राप्त हुन्छ । तर, यसरी स्वतन्त्रता होइन, भिख मात्रै पाइन्छ । तपाईंले नायक छान्दा दिमाग लगाएर छान्नुहोस्, कंगनाले लेखेकी छन् ।

अभिनेत्री रनौतले इन्स्टाग्राममा एकपछि अर्को भनाइ पोस्ट गर्दै गान्धीको मजाक उडाएकी हुन् ।

 

प्रकाशित : 17 November, 2021

प्रतिक्रिया दिनुहोस्