सुनसरीमा मोटर साइकलको ठक्करबाट एक जनाको मृत्यु

सहयात्रा टिभी

काठमाडौं । मंसिर ५, सुनसरीको दुहबी नगरपालिका–१२ मा गएराति मोटरसाइकलको ठक्करबाट साइकलमा सवार एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा साइकलमा पछाडि सवार गढी गाउँपालिका–५ का ३३ वर्षीय हरि ऋषिदेव रहेका छन् । गम्भीर घाइते भएका उनको उपचारका क्रममा कोशी अस्पताल विराटनगरमा मृत्यु भएको हो ।

घाइते भएका साइकल चालक २९ वर्षीय रघुनन्द ऋषिदेवको सोही अस्पतालमा उपचार भइरहेको छ ।

प्रदेश–१, ०२, ०४६ प ७७३५ नम्बरको मोटरसाइकलले उनीहरु सवार साइकललाई गएराति १० बजे ठक्कर दिएको हो ।

मोटरसाइकल चालक फरार भएकोले खोजी भइरहेको प्रहरी चौकी शुक्रबारेले जनाएको छ ।

प्रकाशित : 21 November, 2021

प्रतिक्रिया दिनुहोस्