सिन्धुपाल्चोकको हेलम्बुमा आगलागी, तीन बालकको मृत्यु

सहयात्रा टिभी

सिन्धुपाल्चोक । ७ मंसिर, सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–७ सुर्सिङ गाउँको झाक्रिटोलमा आगलागी हुँदा तीन बालकको मृत्यु भएको छ । स्थानीय सञ्च तामाङको गोठमा आगलागी हुँदा उनीहरुको ज्यान गएको हो ।

मृत्यु हुनेमा सञ्च तामाङका छोरा ६ वर्षीय मनोज तामाङ, सोही गाउँका सुकमान तामाङका छोरा पाँच वर्षीय मनिष तामाङ र सोही गाउँका साइला तामाङका छोरा पाँच वर्षीय दिलबहादुर तामाङ रहेको प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

ढुङ्गा, माटो र टिनले छाएको एकतले गोठमा सोमबार साँझ मकैको ढोड र सुकेको नलमा आगो सल्किँदा आगलागी भएको प्रहरीले जनाएको छ ।

एक तले गोठमा चुल्होमा रहेको मकैको खोस्टा र सुकेको नल, परालबाट आगो सल्किदा घट्ना भएको डिएसपी दक्षकुमार बस्नेतले जानकारी दिए ।

प्रकाशित : 23 November, 2021

प्रतिक्रिया दिनुहोस्