चितुवाको छालासहित चार जना पक्राउ

सहयात्रा टिभी

काठमाडौं कार्तिक ९, चितुवाको छालासहित चार जना कारोबारीलाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ ।


पक्राउ परेका चार जनालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले आइतबार सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय र कर्णाली प्रदेश ब्युरोको संयुक्त टोलीले शनिबार बराहताल गाउँपलिका ५ बड्डी  चौरबाट उनीहरूलाई पक्राउ गरेको जनाइएको ।

पक्राउ पर्नेमा अछाम पञ्चदेवल नगरपालिका कमल शाही, बहादुर शाही, रामारोशन गाउँपालिकाका ओपेन्द्र शाह र दैलेख चामुन्डाबिन्द्रासैनी नगरपालिकाका बिलम शाही रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रकाशित : 25 November, 2021

प्रतिक्रिया दिनुहोस्