दुधको मूल्य बढाउने तयारी
सहयात्रा टिभी
काठमाडौं कार्तिक ९, कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दूधको मूल्य बढाउन गृहकार्य सुरु गरिरहेको छ।
प्रतिलिटर १४ रुपियाँ र डेरी उद्योगीबाट नेपाल डेरी एसोसिएसन तथा डेरी उद्योग सङ्घले १० रुपियाँ वृद्धि गर्नुपर्ने प्रस्ताव गरेका छन्। मन्त्रालयलाई जानकारी गराई सकेपछि थप अध्ययनका लागि एउटा समिति बनाउने र सो समितिले दिने प्रतिवेदनका आधारमा मूल्य वृद्धि गर्ने राष्ट्रिय दुुग्ध विकास बोर्डको तयारी रहेको छ।