एमालेका नेता आचार्य अस्पतालमा भर्ना

सहयात्रा टिभी

काठमाडौं ।मंसिर १२, नेकपा एमालेका नेता भीम आचार्यलाई अस्पताल भर्ना गरिएको छ ।

एमालेको १० औं महाधिवेशनस्थलमा रहेका नेता आचार्यलाई कोरोना भाइरसको संक्रमण भएपछि अस्पताल भर्ना गरिएको हो ।

केही दिनअघि संक्रमण पुष्टी भएपछि उनी सौराहास्थित सेभन स्टार होटलमा आइसोलेसनमा बसिरहेका थिए । स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई भरतपुर अस्पताल लगिएको हो ।

प्रकाशित : 28 November, 2021

प्रतिक्रिया दिनुहोस्