अफ्रिका मुलुकलाई नेपाल आउन निषेध

काठमाडौँ । मंसिर १३, गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले अफ्रिकी मुलुकमा फेला परेको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ बाट बच्न सरकारले तीव्र तयारी थालेको बताएका हुन्।
नेपाल न्युज एजेन्सीसँग सोमबार कुरा गर्दै उनले नेपालमा कोरोना संक्रमण कायमै रहेको र हालै देखिएको नयाँ भेरियन्टका कारण अफ्रिकी मुलुकबाट नेपाल आउने नागरिकहरुलाई अनअराइभल भिसा नदिन अध्यागमन कार्यालयलाई र अफ्रिकी मुलुकबाट यात्रु नल्याउन विभिन्न एयरलाइन्सहरुलाई निर्देशन दिइसकेको जानकारी दिए।