किरात धर्मगुरु आत्मानन्द जन्मोत्सव र उँधौली पूजा

सहयात्रा टिभी

काठमामडौं मंसिर १६,किरात धर्मका गुरुदेव आत्मानन्दको ६८ औं शुभजन्मोत्सव यही मङ्सिर १८ गते मनाइँदै छ ।

संयोग वा समायोजन, सोही दिन किरात धर्मावलम्बीहरुको उँधौली चाड मुवेक्वा चेसोकः सेवा पर्व पनि भएकोले दुई पर्व, दुई चाड किरात एकता दिवसको रुपमा महोत्सव मानिन्छन् ।

सोह्रौं राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको पनाति पिता पुण्यप्रसाद माता चन्द्रमायाको कोखबाट जेठो सुपुत्रको रुपमा बालकको जन्मभूमि हाल माङसेबुङ–५, प्रदेश नं। १ अन्तर्गत मेची अञ्चल इलाम जिल्ला इभाङ–५ चुक्चिनाम्बा पुच्छार अगौटेमा लिङ्देन सेत्छेने सेनिहाङ कुलमा जन्म भयो ।

ज्योतिषी नाम सोमबहादुर नवशिशुमै आमाको दूध नपिएकोले बाख्राको दूध खुवाएर बचाए ।केही दिनमै माता दोस्रो पोइला गएकीले बजु जोगमायाको काखमा शिशु हुर्कन बाध्य भयो । जन्मसिद्ध जाँडरक्सी, मासुमंस सेवन नगरेका ज्ञानी बालक अर्काको आत्मा देख्ने आत्मदर्शी आत्मा, आत्मेबाट आत्मानन्द नाम हुन पुग्यो ।

सानो छँदै ध्यान, ज्ञान, जप, तप, दीक्षा, शिक्षा र एकान्तपन जंगलमा मंगल गर्ने बानीको पराकाष्ठामा तपस्यारत रहँदा महमाई, देवमाई र माईको बीच फुल्लुङ्गी त्री–बन ओडारमा समाधि ज्ञान प्राप्त गरी परमात्मा परमेश्वर तागेरा निङ्वाभुमाङको दर्शन पाएर आत्मा साक्षात्कार गर्नुभयो ।

प्रकाशित : 2 December, 2021

प्रतिक्रिया दिनुहोस्