मोटरसाइकलको ठक्करबाट एकको मृत्यु

लमजुङ । मंसिर १९, लमजुङ– डुम्रे–बेँसीसहर सडक खण्ड अन्तर्गत बेँसी सहर नगरपालिका–२ भकुण्डेमा मोटरसाइकलले ठक्कर दिँदा भारतीय नागरिकको मृत्यु भएको छ।
गए राति बेँसीसहरबाट उदीपुरतर्फ जाँदै गरेको ना३५प १८०० नंको मोटरसाइकलले ठक्कर दिँदा पैदल हिँडिरहेका भारत मोतिहारी जिल्ला घर भएका अन्दाजी ४० वर्षीय शिवनारायण पटेलको मृत्यु भएको प्रहरीले जनाएको छ।