सेयर बजार

सहयात्रा टिभी

काठमाडौं । मंसिर १९, सेयर बजारमा भारी अंकको गिरावट आएको छ । बजारको परिसूचक नेप्से ७२.३० अंकले घटेको छ ।

 

सो गिरावटपछि परिसूचक २५१३ अंकमा झरेको छ । २.२४ बजे २५०.५ अंकसम्म झरेको परिसूचक अन्त्यमा केही सम्हालिएको हो । आइतबार दिनभर ४ अर्ब रुपैयाँको कारोबार भएको छ ।

सबै उपसमूह राताम्मे भएका छन् । बैंकिङ ४०, ब्यापार ११८, होटल तथा पर्यटन ८२, विकास बैंक २०३, जलविद्युत ९६, फाइनान्स १०८, निर्जीवन बीमा २५१, उत्पादन १२४, अन्य ७१, माइक्रोफाइनान्स १३१ र जीवन बीमा ३७२ अंकले घटे ।

न्यादी हाइड्रोपावरको मूल्य भने १० प्रतिशतले बढेको छ । हालै सूचीकृत यो कम्पनीको मूल्य प्रतिकित्ता ४५४.४० रुपैयाँ पुगेको छ । योबाहेक अरु ८ कम्पनीको सेयर मूल्य पनि बढ्यो । नयाँ सारथी लघुवित्तको मूल्य ४ प्रतिशतले बढ्यो ।

प्रकाशित : 5 December, 2021

प्रतिक्रिया दिनुहोस्