सेयर बजार
सहयात्रा टिभी
काठमाडौं । मंसिर २०, आज सेयर बजारमा हरियाली छाएको छ। नेप्से परिसूचक ३२ दशमलव २२ अंकले बढेर २,५४६ दशमलव ९ को विन्दुमा पुगेको छ।
आज २२७ वटा कम्पनीको ९४ लाख ७१ हजार ३११ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५४ करोड २३ लाख ४५ हजार रुपैयाँको सेयर कारोबार भएको छ।
त्यसैगरी, १३ वटै उपसमूहको परिसूचक बढेका छन्। जसमध्ये विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक ३ दशमलव ४५ प्रतिशत बढेको छ।