बालकोटमा १२ वर्षीया बालिका बलात्कृत

काठमाडौ । मंसिर २१, बालकोटमा एक किशोरी बलात्कृत भएकी छन् ।
महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार उनी राति करिब ७ बजेतिर बलात्कृत भएको अनुसन्धान बाट खुलेको छ । उनलाई बलात्कार गरेको आरोपमा एक १७ वर्षीय किशोर पक्राउ परेका छन् ।
ती किशोरले स्थानीय स्थानीय रातोपुलमा स्थित एक गहुँबारीमा लगेर बलात्कार गरेको खुलेको छ । पक्राउ परेका युवकमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।