ट्रकको ठक्कर बाट दुईको मृत्यु

सहयात्रा टिभी

काठमाडौँ । मंसिर २४, पोखरामा आज बिहान भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

पृथ्वी राजमार्ग स्थित पोखरा महानगरपालिका–२६ विजयपुरमा लेखनाथबाट पोखरातर्फ आउँदै गरेको लु२ ख२९४८ नंको फलामे छड रड बोकेको ट्रक आफैँ अनियन्त्रित भई बिहान अन्दाजी ४ः३० बजे नालीमा पल्टिएको थियो ।

घटनामा परी घाइते भएका लमजुङ पार्चे बस्ने ४२ वर्षीय भीमबहादुर तामाङ र नाम, थर, वतन नखुलेका अन्दाजी ४०  वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरीले जानकारी दिए ।

प्रकाशित : 10 December, 2021

प्रतिक्रिया दिनुहोस्