शेयर बजार
सहयात्रा टिभी
काठमाडौँ । मंसिर २८, शेयर कारोबार खुलेको २ घण्टा नपुग्दै नेप्से सूचक ५ प्रतिशतले बढेको छ।
एक दर्जन बढी कम्पनीको सेयर मूल्यमा सर्किट ब्रेकर लागेपछि ४० मिनेटका लागि सेयर कारोबार बन्द भएको हो।
मंगलबार कारोबार खुलेको करिब डेढ घण्टा नेप्से सूचक ११४.२५ अंक अर्थात ५.०१ प्रतिशतले बढेको छ। यस्तै सेन्सेटिभ सूचक पनि ४.३२ प्रतिशतले बढेको छ।
अब ४० मिनेटपछि नेप्सेमा पुनः कारोबार सूचारु हुनेछ । अहिले लगानीकर्ताहरु वित्ती र डेभलपमेन्ट समूहको सेयरमा झुम्मिएका छन्। सो समूहको क्रमश ७.३१ प्रतिशत र ७.२८ प्रतिशतले सेयर मूल्य बढेको छ।