भारतमा खाने तेलको मूल्य घट्यो

काठमाडौँ । पुस ६, भारतमा खाने तेलको मूल्य घटेको हो। भारतीय मिडियाहरुका अनुसार पछिल्लो एक हप्तामा तोरीको तेलको मूल्यमा प्रतिलिटर ५ रुपैयाँ गिरावट आएको छ।
नव भारत टाइम्सका अनुसार पछिल्लो समय तोरीको तेलको मूल्य १६५ रुपैयाँ भारु कायम भएको छ।
यसअघि १७० रुपैयाँ प्रतिलिटर थियो। पछिल्लो समय तेलको कच्चा पदार्थको मूल्यमा आएको गिरावटका कारण सोयाबिन, तोरीको तेल, पाम आयल लगायतका सबै खाने तेलको मूल्यमा गिरावट आएको हो।