मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

सहयात्रा टिभी

गुल्मी । पुस ९, मोटरसाइकल दुर्घटनामा परि एक जना युवकको मृत्यु भएको छ । भने, एक जना घाइते भएका छन् ।

जिल्लाको गुल्मी दरबार गाउँपालिका –४ तानसेन तम्घास सडक खण्डको बिरवासबाट भेडुवातर्फ जाँदै गरेको लु १७ प ६४ ५२ नम्बरको मोटरसाईकल सोही स्थानमा अनियन्त्रित भई सडकदेखि दुई मिटर तल खस्दा बिरबास बाख्रे बस्ने ३० बर्षीय पदम ढेंगाको मृत्यु भएको छ।

घटनास्थलमा बेहोस फेला परेका उनको श्रृंगा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा राति नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : 24 December, 2021

प्रतिक्रिया दिनुहोस्