सप्तरीमा एक जना महिलाको हत्या

काठमाडौँ । पुस १२, छिन्न मस्ता गाउँपालिका १ की ५० वर्षीय भुटनीदेवी यादवको हत्या भएको प्रहरीले जनाएको छ ।
यादवको टाउकोमा बियरको बोतल प्रहार गरी हत्या भएको देखिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवम् डीएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।
भुटनी देवी आइतबार साँझदेखि हराइरहेकी थिइन् । सोमबार बिहान मृत फेला परेको काफ्लेले बताए ।
डीएसपी काफ्लेका अनुसार हत्याको अनुसन्धान गर्न जनकपुरबाट कुकुरसहितको विशेष टोली मगाइएको छ ।