महिला हिंसा कहिलेसम्म ?

सहयात्रा टिभी

काठमाडौं । पुस १८, लैंगिक विभेदका कारणले महिलामाथि हुने हिंसालाई महिला हिंसा हो । महिलामाथि शारीरिक, मानसिक र संवेगात्मक रूपमा क्षति पु¥याउने कुनै पनि कार्य हिंसा हो ।

सामान्य अर्थमा हिंसा भनेको कुट्नु, पिट्नु वा ज्यान मार्नु मात्रै होइन, बोली–व्यवहारबाट पनि कसैको भावनामाथि चोट पु(याउने कार्य हिंसा हो ।मारपिट, यौनशोषण र बलात्कार, आर्थिक हिंसा तथा मानसिक हिंसा हुने गरेका छन् । यसमध्ये ८० प्रतिशत शारीरिक हिंसा हुने गरेको तथ्यांकबाट खुल्न आउँछ ।

पितृसत्तात्मक परम्परागत र सामाजिक मान्यता तथा विभिन्न रुढिवादी परम्पराले महिलामाथि हिंसाका घटना हुने गरेका छन् । छाउपडी वा रजस्वलाको अवस्थामा गुफा बस्नुपर्नेजस्ता कुरीतिले गर्दासमेत हिंसा हुने गरेका छन् ।

महिला हिंसाका कारण सम्बन्ध–विच्छेदका घटनाहरू वृद्धि हुँदै गएको छ । समाजमा व्याप्त रहेका हिंसाहरू जस्तै— देउकी, भुमा, कुमारी, बहुविवाह, दाइजो, बोक्सीवादी र छाउपडीको अन्त्य गरौं, नागरिकको परिचय दिऊँ ।

प्रकाशित : 2 January, 2022

प्रतिक्रिया दिनुहोस्