कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । पुस १९, नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बस्दैछ।
बैठक आज दिउँसो २ बजे बस्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
१४ औं महाधिवेशनपछि कांग्रेसको नयाँ कार्यसमितिको यो दोस्रो बैठक हो। कांग्रेस केन्द्रीय समितिको पहिलो बैठक गत हप्ता बसेको थियो।