सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु

सहयात्रा टिभी

काठमाडौं । माघ ४, बैठकमा सत्ता गठबन्धनका शीर्ष नेताहरू उपस्थित छन् । बैठकमा स्थानीय तहको निर्वाचन, राष्ट्रियसभा निर्वाचन, संसदको गतिरोध लगायतका समसामयीक विषयमा छलफल हुने बताइएको छ।

निर्वाचन आयोगले आगामी बैशाखमा स्थानीय तहको निर्वाचन गर्नका लागि मिति घोषणा गरिसकेको छ । यद्यपि सरकारको ढिलाइका कारण चुनाव हुने वा नहुने भन्ने अन्यौल बाँकी नै छ ।

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवासँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेट गरेका थिए ।

शीर्ष नेताहरूलाई नै कोरोना संक्रमण देखिएपछि बैठक बस्न सकेको थिएन । सोमबार भएको देउवा दाहालबीचको भेटमा समसामयिक विषयमा छलफल भएको देउवा सचिवालयले जानकारी दिएको छ।

प्रकाशित : 18 January, 2022

प्रतिक्रिया दिनुहोस्