भविष्य जोडिएको विमानस्थल

सहयात्रा टिभी

काठमाडौं । माघ १६, मुलुकमा ५० वर्ष अघिदेखि अन्तर्राष्ट्रिय उडान सुरु भए पनि हालसम्म एउटै विमानस्थल प्रयोग हुनु लाजमर्दो कुरा हो।

मुलुक गरिब भएर होइन, विभिन्न समयमा  सत्ता चलाएका सबैको सोच गरिब भएर हो। सबैलाई छर्लंग छ, मौसम खराब हुँदा काठमाडौं अवतरण हुन नसके ढाका, ह्लासा, दिल्ली वा लखनउ पुग्नु पर्ने अवस्था छ। भैरहवामा २०१५ सालदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सुरु भयो।

तीन वर्षमा सकिने ६ वर्षमा बल्ल पूरा हुँदैछ। यसलाई तत्काल क्यालिबरेसन फ्लाइट गरेर अन्तर्राष्ट्रिय नागरिक उड्ड्यन संघमा निवेदन दिए। यसमा ३र४ महिनामा अन्तर्राष्ट्रिय उडान सम्भव छ। हाललाई अन्तर्राष्ट्रिय उडान ढिलै हुन गए पनि यसले काठमाडौंको विकल्पमा देशलाई अर्को विमानस्थल दिने छ। त्यसपछि अन्त कतै डाइभर्ट हुनु पर्दैन। यसले मुलुकको धेरै पैसा जोगाउँछ।

लुम्बिनीको पर्यटन विकास र मेचीदेखि महाकालीसम्म तराईका जनतालाई वैदेशिक रोजगारमा जान यो विमानस्थल कोसेढुंगा नै हो। हाल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम ९८ प्रतिशत भन्दाबढी सकिएको छ।

केवल विमानस्थलको रनवे लाइट र सञ्चार उपकरण चेकजाँच बाँकी छ। यसको ठेक्का पाएको एरो थाइ कम्पनीले चेकजाँच ढिलो गर्दा यो विमानस्थल उपयोगमा आउन सकेको छैन। यो विमानस्थल उपायोगमा आए पाँच सय मिटर भिजिबिलिटीमा पनि सजिलै अवतरण हुने उपकरण जडित छ।

जुन जाडोमा बाक्लो हुस्सु लाग्दा पनि समस्या हँुदैन। यसले काठमाडौंको जटिल अवस्थालाई पनि विकल्प दिने छ। तीन हजार मिटर लामो रनवे र ४५ मिटर चौडा भएको यो विमानस्थल सुगम भौगोलिक क्षेत्रमा भएका कारण पनि काठमाडौं भन्दा सुगम अन्तर्राष्ट्रिय विमानस्थल हुनेछ।

चिनियाँ ठेकेदार चाइना नर्थ वेस्ट एयरलाइन्स कम्पनीले ६ अर्ब ३० करोडको ठेक्का र एरो थाईले उपकरणमा ५० करोड गरी एसियाली विकास बैंकको लगानी र नेपाल सरकारले जग्गा अधिग्रहणमा मुआब्जामा २३ अर्ब रुपैयाँ लगानी गरेको छ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल वास्तवमा लुम्बिनीको पर्यटन विकासमै समर्पित हो १ हालसम्म लुम्बिनीमा वार्षिक केवल १ लाख ८० हजारसम्म तेस्रो मुलुकका र भारतीय दुई लाख ५० हजार र नेपाली करिब १५ लाखसम्म पर्यटन आगमनको तथ्यांक छ।

पर्यटन विज्ञहरू भन्छन्, अन्तर्राष्ट्रिय उडान सुरु नभएसम्म पर्यटक आगमन संख्या यस्तै हुन्छ। कतिपय विदेशी पर्यटकलाई पथप्रदर्शकको आँकलन छ। यदि यो विमानस्थलबाट चीन, भारत र दक्षिणपूर्वी एसियाका मुलुक जोड्न सके २र३ वर्षमै पर्यटक आगमन २० लाखसम्म पुग्ने सम्भावना छ। जुन नेपालको पर्यटन विकासका लागि कोसेढुंगा हुनेछ।

प्रकाशित : 30 January, 2022

प्रतिक्रिया दिनुहोस्