किवी खेती बढ्यो, उत्पादन घट्यो
काठमाडौं । माघ १७, दोलखामा किवीको उत्पादन गत वर्षभन्दा घटेको छ ।
हरेक वर्ष किवी खेती गर्ने किसानको संख्या बढ्दै गए पनि फल उत्पादनमा भने यस वर्ष घटेको तथ्यांक आएको छ । सरकारी तबरबाट प्रोत्साहन दिन थालेपछि किवी खेती गर्ने किसानहरु बढ्दै गएका हुन् ।
खेती गर्ने किसानको संख्या बढेसँगै किवी खेतीको पनि क्षेत्र वृद्धि हुँदै छ । “परम्परागत खेती भन्दा पाखो बाँझो बारीमा खेती गर्न सजिला हुने भएपछि किवीप्रति नयाँ किसान आकर्षित हुँदै छन्” प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना दोलखाका प्रमुख यामकुमार श्रेष्ठले भने, “पुरानाले पनि खेती विस्तार गर्दै लगेका छन् ।
पहाडी क्षेत्रको बाँझो जग्गामा सजिलै खेती गर्न सकिने र एक पटक लगाएको बोटले लामो समयसम्म फल दिने भएपछि किसानहरु किवीतर्फ आकर्षित भएका हुन् ।
परियोजनामा २१८ किसानका फर्म आबद्ध छन् । तिनले ३१८ हेक्टरम किवी खेती गरेका छन् । तर गत वर्ष समयमा पानी नपर्नु, असिनाले फूल झर्नु, राम्रो काँटछाट र सिँचाइ मलको अभावमा उत्पादन घटेको अनुमान छ ।