मोरङमा एक उम्मेदवारको मृत्यु
सहयात्रा टिभी
काठमाडौं। वैशाख १६, मोरङको केराबारी गाउँपालिकामा वडा सदस्य पदका उम्मेदवारको मृत्यु भएको छ ।

नेपाली कांग्रेसबाट केराबारी गाउँपालिका २, नम्बर वडामा सदस्य पदमा उम्मेदवारी दिएका नवीन लिम्बुको आज शुक्रवार बिहान मृत्यु भएको हो ।
बिहीवार चुनावी अभियान सकेर घरमै बसेका लिम्बु शुक्रवार बिहान अचानक बेहोस भएर ढलेको परिवारले जनाएको छ । उनलाई उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको परिवारको भनाइ छ ।
मृत्युको कारण खुलेको छैन । शव पोष्टमार्टमका लागि पठाइएको मोरङ प्रहरीले जनाएको छ ।


