केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मोबाइल किन्दा कागती र पेट्रोल फ्री

सहयात्रा टिभी

काठमाडौं। वैशाख १८, पेट्रोलियम पदार्थको मूल्य पनि निरन्तर उकालो लागिरहेको छ ।

आम मानिसलाई महंगीले थिचिरहेको बेला व्यापारीहरु भने आफ्नो व्यापार प्रवर्द्धनका लागि अनेक खालका तरिकाहरु अपनाउन छाडेका छैनन् ।

हालै एक मोबाइल पसलेले आफ्नो पसलका मोबाइल बिक्री गर्नका लागि अनौठो उपाय अपनाएका छन् । पसलमा मोबाइल खरीद गर्ने ग्राहक आकर्षित गर्नका लागि उनले मोबाइल खरीद वापत सित्तैमा पेट्रोल र कागती दिने अफर ल्याएका छन् ।

छिमेकी मुलुक भारतको उत्तरप्रदेश स्थित बनारसमा रहेको उक्त मोबाइल पसलेले यस्तो अनौठो अफर ल्याएका हुन् । पसलको बाहिर तथा भित्र पोस्टर समेत टाँसिएको छ ।

जसमा उक्त पसलबाट १० हजार भारु भन्दा धेरै मूल्यको मोबाइल खरीद गर्नेलाई १ लिटर पेट्रोल सित्तैमा दिइने उल्लेख छ । त्यस्तै एक सय भारु भन्दा बढी मूल्यका मोबाइलका विभिन्न एक्सेसरिजहरु किनेमा दुईवटा कागती सित्तैमा पाइनेछ ।

सोसल मिडियामा उक्त रेष्टुरेन्टको अनौठो अफर सम्बन्धी भिडियो भाइरल बनेको छ । भिडियोमा धेरै मानिसले पसलबाट मोबाइल किनिरहेको देखाइएको छ ।

प्रकाशित : १८ बैशाख २०७९, आईतवार १४:२६

प्रतिक्रिया दिनुहोस्