वीरगञ्जमा एमालेले मिच्यो आचारसंहिता
काठमाडौं। वैशाख १९, ३० वैशाखमा हुने स्थानीय निर्वाचनका लागि निर्वाचन आयोगले तोकेको आचारसंहिता विभिन्न राजनीतिक दलले मिचेको घटनाहरु आइरहेका छन् ।
सो क्रममा वीरगञ्ज महानगरपालिकामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आचारसंहिताको धज्जी उडाएको छ । एमालेले शनिबार दुईवटा कार्यक्रम गरेर निर्वाचन आचारसहिंताको धज्जी उडाएको हो ।
वीरगञ्ज महानगरपालिकामा एमालेका मेयर उम्मेदवार विजयकुमार सरावगीले वडा नम्बर १ मा पार्टी प्रवेश गराउने क्रममा मतदाताहरुलाई विभिन्न प्रलोभन दिएको बताइएको छ।
सो कार्यक्रममा सरावगीले एमालेमा प्रवेश गराएका स्थानीय एक स्थानीयले पार्टी प्रवेश कार्यक्रममै धर्मशाला निर्माणको लागि जग्गा दान गरेका थिए ।
निर्वाचन आयोगका अनुसार आचारसहिंता लागू भएपछि कुनैपनि उम्मेदवारले मतदातालाई प्रभावित पार्ने किसिमको कुनैपनि दान, दक्षिणा र प्रलोभन देखाउन मिल्दैन । तर सरावगीले आचारसहिंताको वेवास्ता गर्दै त्यस्तो गरेका हुन् ।