निजगढ विमानस्थल निर्माणको काम अघि बढाउन संसदीय समितिको निर्देशन

सहयात्रा टिभी

काठमाडौँ । जेठ १६, संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कामअघि बढाउन निर्देशन दिएको छ । आइतबार बसेको समितिको बैठकले कानुनी अड्चन हटाएर निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम शीघ्र अघि बढाउन निर्देशन दिएको छ ।

लामो समयको अध्ययन तथा धेरै ठूलो लगानीका साथ अगाडि बढाइएको निजगढ विमानस्थल निर्माणको काम रोक्नु कुनै पनि दृष्टिबाट उचित नहुने समितिले निष्कर्ष निकालेको छ ।

समितिको बैठकको निर्णयमा भनिएको छ– ‘राष्ट्रिय हित, सुरक्षा, र आर्थिक विकासका दृष्टिबाट अत्यावश्यक निर्माणाधीन निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कार्यलाई शीघ्र अघि बढाउन आवश्यक कानूनी प्रशासनिक र व्यवहारिक कार्य गर्न नेपाल सरकारलाई निर्देशन दिने ।’

सर्वोच्च अदालतको बृहत पूर्ण इजलासले निजगढ विमानस्थल निर्माण नगर्न आदेश दिएको थियो ।

प्रकाशित : 30 May, 2022

प्रतिक्रिया दिनुहोस्