राष्ट्र बैंकले थाल्यो मौद्रिक नीतिको तयारी

सहयात्रा टिभी

काठमाडौँ । जेठ १७, राष्ट्र बैंकले मौद्रिक नीतिको तयारी थालेको छ।

 

आगामाी आर्थिक वर्षको मौद्रिक नीतिको तयारी राष्ट्र बैंकले बजेट आएपछि सुरु गर्ने प्रचलन छ। सोही अनुसार केन्द्रीय बैंकले तयारी सुरु गरेको हो।

विशेष गरी बजेट कार्यक्रमलाई सहयोग पुग्ने गरी मौद्रिक नीति तय गर्ने गरिन्छ।

आज नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको लागि राय सुझाव माग गरेको छ।

राष्ट्र बैंकले इमेलमार्फत तथा पत्रमार्फत राय सुझाव पठाउन भनेको हो। यसअनुसार आफ्नो ठेगाना उपलब्ध गराएको छ।

प्रकाशित : 31 May, 2022

प्रतिक्रिया दिनुहोस्