केपी ओली प्रचण्ड माधव नेपाल एमाले


भेटियो लुकेको संसारःअन्टार्कटिका

सहयात्रा टिभी

काठमाडौँ । जेठ ३१, वैज्ञानिकहरूले अन्टार्कटिकाको हिउँको सतहमुनि लुकेको संसार फेला पारेका छन् ।

वैज्ञानिकहरूले यहाँ यस्तो पारिस्थितिकीय प्रणाली फेला पारेका छन् जुन आजसम्म कहिल्यै देखिएको थिएन।अन्टार्कटिक प्रायद्वीपको पूर्वी तटमा जोडिएको लार्सन आइस शेल्फमुनि यो गोप्य स्थान वैज्ञानिकहरूले फेला पारेका हुन्।

लार्सन आइस शेल्फ संसारको सबैभन्दा ठूलो हिमशैली हो जुन २०२१ मा फुटेर बनेको थियो।अनुसन्धान टोलीले एक हजार ६०० फिट वा करिब ५०० मिटरसम्म बरफको सतहमा तातो पानीमा ड्रिल गरेको थियो।

क्यामेरा पाइपमा जोडिएको थियो। बरफ तोडेर क्यामेरा पानीमा पुग्दा यहाँ सयौँ जलचर देखियो ।

सुरुमा यी धमिलो थिए, जसका कारण वैज्ञानिकहरुले आफ्नो क्यामेरा बिग्रिएको ठानेका थिए । तर पछि ध्यान केन्द्रित गर्दा उनीहरुले क्यामेराको लेन्सको वरिपरि झिँगा बसेको थाहा पाए।

यो खोजबाट वैज्ञानिकहरु चकित परेका छन् । किनभने तिनीहरूले बरफको सतहमुनि जीवन फेला पार्ने आशा गरेका थिएनन्।

भौतिक समुन्द्रशास्त्री क्रेग स्टिभेन्सले ती जनावरहरू हाम्रो क्यामेरातिर पौडी खेल्नुको अर्थ यस्तो गहिराइमा पनि एउटा महत्त्वपूर्ण इकोसिस्टम रहेको बताए।

प्रकाशित : 14 June, 2022

प्रतिक्रिया दिनुहोस्