केपी ओली प्रचण्ड माधव नेपाल एमाले


संसारको सबैभन्दा रहस्यमयी मन्दिर

सहयात्रा टिभी

काठमाडौँ । असार ६, भारतलाई आस्थाको देश पनि मानिन्छ । जहाँ हरेक धर्मका मानिसहरू बस्छन् ।

त्यहाँ अनगिन्ती मन्दिर र मस्जिदहरू छन्। त्यी मध्ये केही मन्दिरहरू यस्ता छन् जसलाई रहस्यमय मानिन्छ।

यस्तै एउटा मन्दिर बिहारमा रहेको छ जहाँ मन्दिरका मूर्तिहरू एक अर्कासँग अन्तरक्रिया गर्दछन्। यस मन्दिरको नाम राज राजेश्वरी त्रिपुरा सुन्दरी मन्दिर हो। यस मन्दिरको छेउबाट जाने जो कोहीले मन्दिर भित्र कोही गुनगुनाइरहेको जस्तो सुन्छ।

यो मन्दिर बिहारको बक्सरमा अवस्थित छ। यो मन्दिरलाई शक्तिपीठ मानिन्छ। यही विशेषताका कारण यो मन्दिर देशभर प्रसिद्ध छ । यस मन्दिर करिब चार सय वर्षअघि स्थापना भएको बताइएको छ ।

त्यसपछि यो मन्दिर भवानी मिश्र नामक व्यक्तिले बनाएको सुनिन्छ । यस मन्दिरमा मिश्र परिवारले मात्र सेवा गर्दै आएका छन् ।

यहाँ धेरै देवताहरूको मूर्ति स्थापना गरिएको छ । जहाँ यी मूर्तिहरू राती आपसमा कुरा गर्छन्। राती यी मूर्तिहरूको आवाज सुनेपछि सबै डराउँछन् । यस मन्दिरमा मागेको मनोकामना पूरा हुने जनविश्वास रहेको छ ।

 

प्रकाशित : 20 June, 2022

प्रतिक्रिया दिनुहोस्