केपी ओली प्रचण्ड माधव नेपाल एमाले


यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर

सहयात्रा टिभी

काठमाडौँ । असार ७, नेपाल राष्ट्र बैंकले मंगलवारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२४ रुपैयाँ ४७ पैसा र बिक्री दर १२५ रुपैयाँ ७ पैसा कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिद दर १३१ रुपैयाँ ५ पैसा र बिक्री दर १३१ रुपैयाँ ६९ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५२ रुपैयाँ ३४ पैसा र बिक्री दर १५३ रुपैयाँ ७ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ ५ पैसा रहेको छ भने बिक्री दर १२९ रुपैयाँ ६७ रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ३ पैसा र बिक्री दर ८७ रुपैयाँ ४५ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ ८१ पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ २७ पैसा छ ।

जापानी येन १० को खरिद दर नेपाली ९ रुपैयाँ २३ पैसा र बिक्री दर ९ रुपैयाँ २८ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ६१ पैसा र बिक्री दर १८ रुपैयाँ ७० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ १७ पैसा र बिक्री दर ३३ रुपैयाँ ३३ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३४ रुपैयाँ ८ पैसा र बिक्री दर ३४ रुपैयाँ २५ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ २८ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ४२ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ६३ पैसा र बिक्री दर ९ रुपैयाँ ६८ पैसा कायम भएको छ ।

प्रकाशित : 21 June, 2022

प्रतिक्रिया दिनुहोस्