संसारकै ठूलो माछा कम्बोडियामा भेटियो

काठमाडौँ । असार ९, कम्बोडियाको मेकङ नदीमा विश्वकै सबैभन्दा ठूलो आकारको ताजा पानीमा पाइने माछा फेला परेको छ।
नदीमा पाइएको उक्त क्याटफिस जातको माछाको तौल ३ सय केजी छ। यसअघि सन् २००५ मा थाइल्याण्डस्थित मेकङ नदीमा पाइएको २ सय ९३ केजीको क्याटफिस माछा विश्वको सबैभन्दा ठूलो ताजा पानीको माछाको रुपमा थियो ।
यद्यपि विश्वमा ताजा पानी फ्रेस वाटर मा पाइने सबैभन्दा ठूलो माछाको आधिकारिक डाटाबेस भने राख्ने गरिएको छैन।
एसियाको अन्तर्राष्ट्रिय नदी भनिने मेकङ माछाको जैविक विविधताको दृष्टिकोणले निकै धनी मानिन्छ । तर अत्यधिक माछा मारिने, जलप्रदूषण उच्च हुनु तथा बाँधहरुका कारण उक्त नदीमा माछाको पर्यावरण चक्र संकटमा परेको छ।