केपी ओली प्रचण्ड माधव नेपाल एमाले


ट्रकको ठक्करबाट टेम्पो चालकको मृत्यु

सहयात्रा टिभी

झापा । असार ९, झापाको मेचीनगर नगरपालिका १५, ज्यामिरगढीमा मिनिट्रकको ठक्करबाट टेम्पो चालकको मृत्यु भएको छ ।

मेचीनगर ९ का अन्दाजी ४३ वर्षीय रमेश कटुवालको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा बुधबार साँझ सवा ६ बजे मृत्यु भएको जनाइएको छ ।

कटुवालले चलाएको प्रदेश १, ०१, ००१ ह ८६०१ नम्बरको सिटी सफारी टेम्पोलाई प्रदेश १, ०१, ००१ क ११४६ नम्बरको मिनिट्रकले हिजो साँझ करिब पौने ६ बजे ठक्कर दिएको थियो ।

दुर्घटनापछि फरार भएका मिनिट्रकका चालकको खोजी भइरहेको प्रहरीचौकी ज्यामिरगढीले जनाएको छ ।

प्रकाशित : 23 June, 2022

प्रतिक्रिया दिनुहोस्