केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नारायणगढ–मुग्लिन सडक एकतर्फी खुल्यो

सहयात्रा टिभी

काठमाडौँ । असार १०, वर्षासँगै पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक एकतर्फीरुपमा खुलेको छ ।

बिहान ६ : ३० बजेतिर चितवनको इच्छाकामना गाउँपालिका–६ काली खोला नजिक पहिरो खसेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

पहिरो खसेपछि गाडी एकतर्फीरुपमा मात्र चलिरहेका छन् ।

वर्षा रोकिएसँगै अहिले पहिरो हटाउन सुरु गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक सुनजित तामाङले जानकारी दिए ।

प्रकाशित : 24 June, 2022

प्रतिक्रिया दिनुहोस्