केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पोखराको सुइँखेत डुबान, डेढ सय परिवारलाई अन्यत्र सारियो

सहयात्रा टिभी

पोखरा । असार ११, अविरल वर्षाका कारण पोखरा वडानम्बर २५ का विभिन्न ठाउँमा पहिरो जानुका साथै बस्ती डुबानमा परेका छन् ।

पहिरोले विभिन्न गाई तथा पशु फार्म बगाउँदा २५ भन्दा बढी खसी बाख्रा पुरिएको वडाध्यक्ष मोतिलाल तिमिल्सिनाले जानकारी दिए । उद्यपि, क्षतिको यकिन विवरण भने नआइसकेको उनले बताए ।

पोखरा २५ हेमजाको सुइँखेत क्षेत्रमा पानी जम्दा बस्ती नै डुबानमा परेको हो । वडाध्यक्ष तिमिल्सिनाका अनुसार उक्त क्षेत्रको बस्तीमा करिब ढेड सयभन्दा बढी घर छन् । ती सबै डुबानमा परेका उनले बताए । उनले भने, ‘टोलबासीहरूलाई उद्धार गरिएको छ । उनीहरु कोही आफन्तकोमा गएका छन्, भने कोहीलाई मन्दिरमा राखिएको छ ।’

पोखरा २५ क्षेत्रमै गएको पहिरोले १२ वटा घर क्षति पुर्‍याएको वडाध्यक्ष तिमिल्सिनाले जानकारी दिएका छन् ।

प्रकाशित : 25 June, 2022

प्रतिक्रिया दिनुहोस्