केपी ओली प्रचण्ड माधव नेपाल एमाले


काठमाडौंको कालिमाटीमा एक व्यक्तिमाथि चक्कु प्रहार, २ जना पक्राउ

सहयात्रा टिभी

काठमाडौँ । असार १४, काठमाडौंको कालिमाटीमा चक्कु प्रहार गरी एक व्यक्तिलाई घाइते बनाएको आरोपमा २ जना पक्राउ परेका छन्।

चक्कु प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरी वृत्त कालिमाटीले अशोक यादव र सन्तोष यादवलाई पक्राउ गरेको हो। कालिमाटी माछाबजारमा धनुषा फ्रेसहाउस सञ्चालन गर्दै आएका उनीहरुले बाफल बस्ने अमृत खानलाई चक्कु प्रहार गरेका प्रहरीले जानकारी दिएको छ।

असार ५ गते चक्कु प्रहार गरी फरार भएका उनीहरुलाई सामेबार पक्राउ गरिएको कालिमाटीका डीएसपी अनिल घिमिरेले बताए। पक्राउ परेका दुबै जनालाई ज्यान मार्ने उद्योगको कसुरमा म्याद लिएर अनुसन्धान अघि बढाइएको डीएसपी घिमिरले जानारी दिए।

प्रकाशित : 28 June, 2022

प्रतिक्रिया दिनुहोस्