केपी ओली प्रचण्ड माधव नेपाल एमाले


यसरी संसारकै धनी बने एलन मस्क

सहयात्रा टिभी

काठमाडौँ । असार १५, एउटा कम्प्युटर गेमबाट १२ वर्षको उमेरमै पाँच सय अमेरिकी डलर कमाएका एलन मस्क आजदेखि ५१ वर्ष पुगेका छन् । यो अवधिमा उनी संसारकै धनी व्यक्ति बन्न सफल भएका छन् ।

सन् १९७१, जून २८ तारिखमा दक्षिण अफ्रिकामा जन्मेका मस्कको सफलताको कथा बाल्यकालदेखि नै सुरु हुन्छ ।

सन् १९८४ मा आफूले बनाएको पहिलो कम्प्युटर गेम ‘ब्लास्टर’ को कोड पाँच सय अमेरिकी डलरमा म्यागेजिन पीसी एण्ड अफिस टेक्नलोजीलाई उनले बेचेका थिए । अन्तरिक्ष प्रेमीका रुपमा पनि चिनिने मस्कको सो ब्लास्टर गेम अन्तरिक्ष सम्बन्धी नै थियो ।

बायोग्राफी पोर्टलमा प्रकाशन भएको एउटा लेखमा उल्लेख गरिएअनुसार सफ्टवेयर बनाएर बेच्न सक्यो भने पैसा कमाउन सकिने भन्ने थाहा पाएपछि उनले आफ्नो पहिलो गेम बनाएका थिए । त्यतिखेर कमाएको पैसाले उनले नयाँ कम्प्युटर किनेका थिए ।

प्रकाशित : 29 June, 2022

प्रतिक्रिया दिनुहोस्