केपी ओली प्रचण्ड माधव नेपाल एमाले


काठमाडौँ महानगरपालिकाभित्र भिख माग्न निषेध

सहयात्रा टिभी

काठमाडौँ । असार १७, काठमाडौँ महानगरपालिका क्षेत्रका सार्वजनिक स्थलमा भिक्षा माग्न निषेध गरिएको छ ।

महानगरपालिकाले सडक, गल्ली, पार्क, सवारी बिसौनी स्थल, सरकारी कार्यालय वा कार्यालयको परिसर, सार्वजनिक सवारीसधान र अन्य सार्वजनिक स्थानमा भिक्षा माग्न निषेध गरेको हो ।

साधु, सन्त, जोगी वा भिक्षुले सनातनदेखि चलिआएको परम्परा अनुसार घर घरमा पुगी भिक्षा माग गरेमा वा कुनै धार्मिक वा सांस्कृतिक कार्यमा माग्न बाहेक सार्वजकि स्थलमा माग्न निषेध गरिएको महानगरले जारी गरेको सूचनामा उल्लेख छ ।

महानगरले शुक्रबार सूचना जारी गर्दै सूचना प्रकाशित भएको मितिले १० दिनभित्र सार्वजनिक स्थानमा भिक्षा माग्ने वा माग्न लगाउने कार्य बन्द गर्न भनेको छ । महानगरपालिकाले सूचनाको उल्लंघन गरेका सम्बद्ध सरोकारवाला निकायहरुको समन्वय र सहकार्यमा मुलुकी अपराध संहिता २०७४ को दफा १२६, स्थानीय सरकार सञ्चालन ऐन २०७४ र प्रचलित कानुन बमोजिम कारबाही हुने समेत जनाएको छ ।

प्रकाशित : 1 July, 2022

प्रतिक्रिया दिनुहोस्