केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एक महिनामा प्राधिकरणले भारतलाई बेच्यो १ अर्ब ७२ करोड रुपैयाँको बिजुली

सहयात्रा टिभी

काठमाडौँ । असार १७,नेपाल विद्युत् प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज आइएक्स मार्केटमा एक महिनामा प्रतिस्पर्धी दरमा १ अर्ब ७२ करोड ३० लाख रुपैयाँको विद्युत् बिक्री गरेको छ ।

प्रााधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत गत १९ जेठबाट आइएक्समा बिक्री सुरु गरेको थियो ।

सुरुमा दुई वटा विद्युत्गृहको ३९ मेगावाट विद्युत दैनिक रुपमा आइएक्समा बिक्री गरिएको थियो । त्यसपछि २७ जेठबाट दैनिक रुपमा ३६४ मेगावाट विद्युत् भारतीय बजारमा प्रतिश्पर्धी दरमा बिक्री हुँदै आएको छ ।

नेपाल विद्युत प्राधिकरणले भारतको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणबाट ६ वटा जलविद्युत् आयोजनाबाट उत्पादित विद्युतलाई स्रोत मानी ३६४ मेगावाट विद्युत आइएक्स मार्केटमा बिक्री गर्न स्वीकृति पाएको छ ।

प्रकाशित : 1 July, 2022

प्रतिक्रिया दिनुहोस्