केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्राविधिक तथा व्यावसायिक शिक्षाको बजेट घटयो

सहयात्रा टिभी

काठमाडौँ । असार २०, मुलुक संघीयतामा गएसँगै प्राविधिक तथा व्यावसायिक शिक्षालाई प्राथमिकतामा राख्ने नीति लिइए पनि यसका लागि विनियोजन गरेको बजेट भने घटेको छ ।

कोभिड संक्रमणको असर, सीप विकासका कार्यक्रम सञ्चालन नहुनु र विभिन्न विकास साझेदारको सहयोग अनियमित भएका कारण प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभीटीको बजेट वृद्धि स्थिर भएको हो ।

विगत ३ आर्थिक वर्षदेखि चालू आवसम्मको विनियोजित बजेट हेर्ने हो भने बजेट न्यून अंकमा घटेको पाइएको छ । विगत ३ वर्षमा परिषद्को बजेट ७७ करोड रुपैयाँ घटेको देखिएको छ ।

परिषद्ले आगामी आर्थिक वर्षमा लागि आन्तरिक स्रोतको बजेट पास नगरेका कारण कुल बजेट भने अहिले सार्वजनिक गरिएको छैन । तर आगामी आवमा परिषद्लाई सरकारले विनियोजन गरेको ५ अर्ब ८९ करोड ६ लाख रुपैयाँ भने सार्वजानिक भएको छ ।

आव २०७६/०७७ मा ६ अर्ब ७८ करोड, आव २०७७/०७८ मा ६ अर्ब ४५ करोड र चालू आवमा ६ अर्ब २ करोड विनियोजन गरिएको छ ।

प्रकाशित : 4 July, 2022

प्रतिक्रिया दिनुहोस्