केपी ओली प्रचण्ड माधव नेपाल एमाले


यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

सहयात्रा टिभी

काठमाडौँ । असार २०, नेपाल राष्ट्र बैंकले सोमवारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरमा आजको लागि अमेरिकी डलर एकको खरिद दर अधिकतम १२६ रुपैयाँ १८ पैसा र बिक्री दर १२६ रुपैयाँ ७८ पैसा कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिद दर १३१ रुपैयाँ ५९ पैसा र बिक्री दर १३२ रुपैयाँ २२ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५२ रुपैयाँ ६३ पैसा र बिक्री दर १५३ रुपैयाँ ३५ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १३१ रुपैयाँ ५१ पैसा रहेको छ भने बिक्री दर १३२ रुपैयाँ १३ रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ ९९ पैसा र बिक्री दर ८७ रुपैयाँ ४० पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ९४ पैसा रहेको छ भने बिक्री दर ९८ रुपैयाँ ४० पैसा छ ।

जापानी येन १० को खरिद दर नेपाली ९ रुपैयाँ ३३ पैसा र बिक्री दर ९ रुपैयाँ ३८ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ८३ पैसा र बिक्री दर १८ रुपैयाँ ९२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ ६३ पैसा र बिक्री दर ३३ रुपैयाँ ७९ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३४ रुपैयाँ ४५ पैसा र बिक्री दर ३४ रुपैयाँ ६१ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ६३ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ७७ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ७१ पैसा र बिक्री दर ९ रुपैयाँ ७६ पैसा कायम भएको छ ।

प्रकाशित : 4 July, 2022

प्रतिक्रिया दिनुहोस्