संसारकै उत्कृष्टमध्येको एकःक्युबाको स्वास्थ्य प्रणाली

सहयात्रा टिभी

काठमाडौँ । असार २६,क्युबाको स्वास्थ्य सेवा प्रणाली संसारमै उत्कृष्टमध्येको एक मानिन्छ ।

अचम्मको कुरा त देशको वार्षिक औसत आय ७८२ डलर नेपालको ८१२ डलर छ भए पनि क्युबालीहरूको स्वास्थ्य अतिविकसित देशको बराबर नै छ ।

क्युबामा राम्रो तालिमप्राप्त तथा गुणस्तरीय चिकित्सकहरू छन् र तिनले देशको उत्कृष्ट स्वास्थ्य सेवा प्रणालीमा काम गर्न पाउँछन् ।

अहिले कोरोनाभाइरसको महाव्याधि चलिरहेको बेलामा पनि क्युबाली चिकित्सकहरू मानिसको घरघरमा गएर स्वास्थ्य परीक्षण तथा सचेतना अभियान गरिरहेका छन् ।

क्युबाको स्वास्थ्य सेवा प्रणाली र अन्य देशको प्रणालीमा भएको भिन्नताको कुरा गर्दा क्युबामा स्वास्थ्य सेवालाई नागरिकको आधारभूत अधिकार मानिन्छ र त्यहाँको संविधानमै त्यसको प्रत्याभूति गरिएको छ ।

उता अमेरिकामा चाहिँ बिरामीलाई ग्राहकको जस्तो व्यवहार गरिन्छ र त्यहाँको स्वास्थ्य सेवा अत्यन्तै महंगो छ ।

क्युबाको क्रान्तिकारी समाजवादी विचारधाराले सरकारलाई नै राम्रो स्वास्थ्य सेवा सुनिश्चित गर्ने अभिभारा सुम्पेको छ ।

क्युबाली चिकित्सकहरू रोग शुरू हुनुभन्दा अगावै रोकथामका औषधि दिन थाल्छन् । अनि रोग लागेमा उनीहरू त्यसलाई बल्झिन नदिनका लागि प्रयास गर्छन् । नागरिकहरूले चिकित्सक भेट्दा लाग्ने खर्चको चिन्ता पनि गर्नुपर्दैन किनकि उपचार निःशुल्क गरिन्छ ।

 

प्रकाशित : 10 July, 2022

प्रतिक्रिया दिनुहोस्