नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर

सहयात्रा टिभी

काठमाडौँ । ३२ असार, नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

जसअनुसार अमेरिकी एक डलरको भाउ अहिलेसम्मकै महँगो भएको छ । पछिल्लो केही समयदेखि निरन्तर कमजोर बन्दै आएको नेपाली रुपैयाँ आज इतिहासमै कमजोर बनेको छ ।

आज डलरको खरिद दर १२७ रुपैयाँ ५१ पैसा र बिक्री दर १२८ रुपैयाँ ११ पैसा रहेको छ। युरो एकको खरिद दर १२८ रुपैयाँ १९ पैसा र बिक्री दर १२८ रुपैयाँ ७९ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १५० रुपैयाँ ८६ पैसा र बिक्री दर १५१ रुपैयाँ ५७ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ७१ पैसा र बिक्री दर ३४ रुपैयाँ ८७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित : 16 July, 2022

प्रतिक्रिया दिनुहोस्