तोलामा चार सयले बढ्यो सुनको मूल्य

सहयात्रा टिभी

काठमाडौँ । २ साउन, नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा चार सयले वृद्धि भएको छ ।

आइतबार बजारमा प्रतितोला ९३ हजार ६ सयमा रुपैयाँमा कारोबार भएको छापावला सुन आज तोलाको ९४ हजारमा कारोबार भइरहेको छ ।

त्यस्तै तेजाबी सुनको मूल्य तोलामा ९३ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ । आइतबार तेजाबी सुन तोलामा ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदी तोलाको १ हजार १ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदीको मूल्य प्रतितोला १ हजार १ सय ६० रुपैयाँ रहेको थियो ।

प्रकाशित : 18 July, 2022

प्रतिक्रिया दिनुहोस्