निवर्तमान अर्थमन्त्री शर्माको बयानमा अनधिकृत व्यक्ति नरहेको दावि

सहयात्रा टिभी

काठमाडौँ । साउन ५, निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न नरहेको दोहोर्याएका छन् । संसदीय छानविन विशेष समितिको बैठकमा आज बयान दिंदै

शर्माले संसदमा बजेट पेश गर्नुअघि अर्थमन्त्रालयमा मध्यरातमा अनधिकृत व्यक्ति प्रवेश गरी करको दर हेरफेर गरेको भन्ने आरोपको खण्डन गरेका छन् ।
आर्थिक वर्ष २०७९र८० को बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता भएको भन्ने विषयमा छानविन गर्न गठित समितिले आजपूर्वअर्थमन्त्री जनार्दन शर्मासँग सोधपुछ गर्दै छ । बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई संलग्न गराई करको दर हेरफेर गरेको  आरोप   लागेपछि      सभामुख अग्नि सापकोटाले २२ असारमा संसदीय छानविन विशेष समिति गठन गरेका थिए । त्यसलगत्तै शर्माले अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए ।
उनले आफूमाथि लागेको आरोपको खण्डन गर्दै आएका छन् ।समिति सदस्यहरुले अर्थ मन्त्रालयका सचिव, राजश्व सचिव, बजेट महाशाखा प्रमुख, प्रशासन महाशाखा प्रमुख लगायतसँग सोधपुछ गरेको थियो । तर उनीहरुले बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता भन्ने आरोप अस्वीकार गरेका छन् ।छानविन समितिले पनि बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न भएको भनिएको भन्ने विषयमा कुनै क्लु नभेटेपछि मन्त्रालयको सीसीटीभी फुटेज रिकभरका लागि विज्ञहरुको सहयोग लिने तयारी गरेको छ ।

 

 

 

प्रकाशित : 21 July, 2022

प्रतिक्रिया दिनुहोस्