केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एनएचपीसी लिमिटेडले दुई ठुला जलविद्युत् आयोजना निर्माणको लागि हस्ताक्षर गर्दै

सहयात्रा टिभी

काठमाडौँ । भदौ २, आज बिहीबार ७५० मेगावाटको जलाशययुक्त पश्चिम सेती जलविद्युत् आयोजना र ४५० मेगावाटको सेती नदी (एसआर) ६ जलविद्युत् आयोजना निर्माणको लागि भारतीय कम्पनीले अध्ययन अनुमति पत्र पाउने भएको जानकारी प्राप्त भएको छ ।

लगानी बोर्ड नेपालले प्रधानमन्त्री शेरबहादुर देउबाको उपस्थितिमा भारतीय कम्पनी एनएचपीसी लिमिटेड, इन्डियालाई अध्ययन अनुमतिपत्र दिने समझदारीपत्रमा हस्ताक्षर हुँदैछ ।

२३ साउन बोर्डले समझदारीपत्रको मस्यौदा स्वीकृत गरेको थियो । चिनियाँ कम्पनी थ्री गर्जेजसँग सम्झौता तोडिएपछि अलपत्र पारेको आयोजना एनएचपीसीलाई दिन सरकारले गत चैत २०७८बाटै गृहकार्य गरिरहेको जानकारी प्राप्त भएको छ ।

प्रकाशित : 18 August, 2022

प्रतिक्रिया दिनुहोस्