लागुऔषध चरेस पैठारी नियन्त्रण गर्ने उद्धेश्ले बझाङमा गाँजा खेती नष्ट गर्दै प्रहरी

सहयात्रा टिभी

काठमाडौं । भदौ ५, जिल्ला प्रहरी कार्यालय बझाङले विभिन्न ठाउँमा चरेस र भाँगो उत्पादनका लागि लगाइएको गाँजा खेती नष्ट गर्ने अभियान सुरु गरेको छ।

गाँजा खेतीबाट चरेस, गाँजा, उत्पादन हुने र पैठारी नियन्त्रण गर्ने उद्धेश्ले खेतबारीमा लगाइएको खेती र विभिन्न ठाउँमा आफैँ उम्रिएको गाँजा नष्ट गर्न सुरु गरिएको जानकारी दिएका छन् ।
जिल्लाको विथ्थडचिर गाउँपालिका, थलारा गाउँपालिका, मष्टा गाउँपालिका, जयपृथ्वी नगरपालिका, केदार स्युँ गाउँपालिका, छविसपाथिभेरा गाउँपालिका लगायतका पालिकाहरुमा लगाएको र आफैँ उम्रिएको गाँजालाई प्रहरीको टोली, स्थानीय बासिन्दा तथा जनप्रतिनिधि मिलेर नष्ट गरिएको जानकारी दिएका छन् ।

जिल्लाभरि आइतवारसम्म मात्रै झन्डै १० रोपनी जग्गामा उम्रिएको र लगाइएको गाँजा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । आर्थिक वर्ष २०७८र०७९ मा २७ केजी ७८० ग्राम लागुऔषध चरेससहित १ महिला पक्राउ परेकी छिन् भने दुई जना पुरुष फरारको सूचीमा छन् ।
अहिलेसम्म २७ केजी ७८० ग्राम चरेससहित २ जना पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने एक महिला एक पुरुष फरारको सूचीमा रहेका भण्डारीले बताउनुभयो । अहिलेसम्म जिल्ला प्रहरी कार्यालयले १२० केजी चरेस बरामदसहित नष्ट गरेको छ।

प्रकाशित : 21 August, 2022

प्रतिक्रिया दिनुहोस्