बैंकहरुले अधिक तरलताका कारण बढाएका सेयर धितो कर्जा राष्ट्र बैंकको कडाइपछि घट्यो

सहयात्रा टिभी

काठमाडौँ । भाद्र १६, आर्थिक वर्ष २०७७र७८ को असार मसान्तमा १ खर्ब ६ अर्ब २८ करोड रहेको मार्जिन प्रकृतिको सेयर धितो कर्जा गत आर्थिक वर्ष २०७८र७९ को अन्तिममा आउँदा ८० अर्ब ५० करोड ८० लाखमा झरेको छ ।

२०७७ असारमा ५० अर्ब ४१ करोड रहेको यस्तो कर्जा आर्थिक वर्ष २०७७र७८ मा शतप्रतिशत भन्दा बढीले वृद्धि भएको थियो । कोभिडसँगै बैंकिङ प्रणालीमा भएको अधिक तरलताले लगानीको अन्य विकल्प नभएर सेयरमा लगानी बढाएका बैंकहरुले राष्ट्र बैंकको कडाइसँगै त्यसलाई घटाउँदै लगेका हुन् ।

नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको मौद्रिक नीतिमार्फत मार्जिन प्रकृतिको सेयर धितो कर्जामा प्रतिव्यक्ति अधिकतम १२ करोड र एक बैंकबाट ४ करोडको सीमा लगाएको थियो । यस्तै मौद्रिक नीतिको अर्धवाषिर्क समीक्षामा २०७९ असारबाट लागु हुने गरी मार्जिन प्रकृतिको सेयर धितो कर्जाको जोखिम भार १०० प्रतिशतबाट बढाएर १५० प्रतिशत पुयाएको जनाएको छ ।

एकातिर कर्जामा सीमा तोकेको केन्द्रीय बैंकले प्राथमिक पुँजी कोषको समस्यामा रहेका बैंकहरुलाई जोखिम भार बढाउँदा त्यसले झनै दबाब बढाएको थियो । त्यसैले गत आर्थिक वर्षमा वाणिज्य बैंकहरुले मार्जिन प्रकृतिको सेयर धितो कर्जा क्रमशः घटाउँदै लगेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।

प्रकाशित : 1 September, 2022

प्रतिक्रिया दिनुहोस्