उद्योग लुट्न आएका डाँका समूह र प्रहरी बीच गोली हानाहान वरिष्ठ सई घाइते

काठमाडौं । भदौ १९, बारामा उद्योग लुट्न आएका डाँका समूह र प्रहरी बीच गोली हानाहान भएको जनाएको छ । जितपुरसिमरा उपमहानगरपालिका–२३ मा रहेको एरोटेक प्रालिमा लुटपाट गर्न आएका डाँकाको समूह र प्रहरीबीच गएराति झन्डै साढे १२ बजे भिडन्त भएको प्रहरीले जनाएको छ ।
दुई जना डाकालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेका जानकारी दिएका छन् । लुटपाट गर्ने उद्देश्यले हातहतियार सहित उनीहरू उद्योग छिरेका थिए । प्रहरी टोली उद्योग पुगेपछि प्रहरी र डाँकाबीच दोहोरो भिडन्त भएको हो ।
डाँकाहरुको समूहबाट एक राउन्ड र प्रहरीको तर्फबाट तीन राउन्ड गोली चलेको प्रहरीले जनाए । डाँका समूहका एक जनाले फलामको रडले वरिष्ठ सई शाहीको टाउकोमा प्रहार गरेर उनी घाइते भएको प्रहरीले जनाएको छ । शाहीको वीरगञ्ज हेल्थ केयर हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले दुईजना डाँकालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट तीन राउन्ड गोली, एक थान भरुवा बन्दुक र एक थान कटुवा पेस्तोल बरामद गरिएको प्रहरी उपरीक्षक बोगटीले जानकारी दिनुभयो ।