नेप्से परिसूचक २१ अंकले घट्यो, सवा अर्बको कारोबार

सहयात्रा टिभी

काठमाडौं । भदौ २१, मंगलबार सेयर बजार परिसूचक नेप्से २१.२२ अंकले घटेको बोर्डले जनाएको छ । यससँगै नेप्से परिसूचक १९ सय ५१.७९ को बिन्दुमा झरेको छ । निरन्तर आरोलो लागेको बजारमा मंगलबार कारोबार रकम भने एक अर्ब १९ करोड हाराहारी रह्यो ।

मंगलबार २२७ कम्पनीका ३२ लाख ९ हजार ९८३ कित्ता सेयर दोस्रो बजारमा खरिद बिक्री भएको छ । जसमध्ये १७१ कम्पनीको सेयर मूल्य घटेको छ भने १४ कम्पनीको मूल्य मात्रै बढेको छ ।

दोस्रो बजारमा धेरै गुमाउनेहरुमा सानिमा माई हाइड्रो, हिमालयन एभरेष्ट इन्स्योरेन्स र जोशी हाइड्रोपावर लगायत रहे । यी कम्पनीको सेयर मूल्य दोस्रो बजारमा क्रमशः ७.३२, ६.०२ र ५.५३ प्रतिशतले घट्न पुग्यो ।

प्रकाशित : 6 September, 2022

प्रतिक्रिया दिनुहोस्