टोल सुधार समितिले व्यक्तिको नाममा दर्ता भएको जग्गा फर्काएर सामुदायिक भवन र पार्क निर्माण

सहयात्रा टिभी

काठमाडौं । भदौ २४, काठमाडौंको बुद्धनगर टोल सुधार समितिले सामुदायिक भवन र सुवर्ण पार्क निर्माण गरेको छ ।

सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता भएपछि कानुनी लडाइँ लडेर समितिले त्यो जग्गा सार्वजनिक बनाएको हो । त्यही जग्गामा उसले सामुदायिक भवन र पार्क बनाएको  जानकारी प्राप्त भएको छ ।

काठमाडौं महानगरपालिका–१० स्थित जोगीकुटी भनिने ठाउँको सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता भएको थियो । झुटो कागजातका आधारमा सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता भएको भनी बुद्धनगर टोल सुधार समितिले सुरुदेखि नै कानुनी लडाइँ थालेको थियो ।

झन्डै डेढ दशकको कानुनी लडाइँपछि सर्वोच्च अदालतले त्यो जग्गा सार्वजनिक हुने भनी फैसला गरेको हो । २० माघ २०७६ मा फैसला भएपछि समितिले साढे दुई वर्षको अवधिमा भवन र पार्क निर्माण गरेको हो ।

 

प्रकाशित : 9 September, 2022

प्रतिक्रिया दिनुहोस्